सुजाता राई
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड, मोरङको ३३औँ वार्षिक साधारण सभा विराटनगर स्थित श्रीकृष्ण होटलमा बुधबार सम्पन्न भएको छ।
कार्यक्रम संघका अध्यक्ष डा. डिल्लीराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थिति थिए। विशिष्ट अतिथिमा कोशी प्रदेश अन्तर्गत समस्या–ग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापा रहेका हो।
साधारण सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक छत्रप्रसाद रिमाल, योगमाया सुवेदी, लक्ष्मी सापकोटा तथा हरि सुवेदी,मोहनलाल सरदार,माधव अधिकारी,जीवन काफ्ले लगायत सहकारी क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य उपाध्यक्ष पार्वती वरालले राखेकी थिइन भने कार्यक्रम सञ्चालन सचिव राकेश दाहालले गरेका थिए।

साधारण सभाले २०८२/०९/२३ मा हुने निर्वाचनका लागि प्रकाशित उम्मेदवारहरूको प्रथम नामावलीमाथि परेको दाबी–विरोधको छानबिन पश्चात् उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

सञ्चालक समितिको अध्यक्षमा राकेश दाहाल चयन भएका छ्न भने उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई र महिला उपाध्यक्षमा संगीता दाहाल निर्वाचित भएकी छिन् । सचिवमा अमृतबहादुर गुरुङ, सहसचिव हेरवराज भट्टराई,कोषाध्यक्षमा कमलेश्वर ठाकुर सञ्चालक सदस्यमा विजय कुमार सरदार, लक्ष्मण बुढाथोकी, श्री अविनाश कुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फूयाल, उदयनारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, उमेश गुरुङ, हिमा मैनाली र गोविन्दा निरौला चयन भएका छन्।
यस्तै, लेखा सुपरिवेक्षण समितिमा दुर्गाप्रसाद गौतम, आशिषकुमार यादव र आशा कुमारी माझी थारु चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता र उत्तरदायित्वमा जोड दिँदै संघलाई थप प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै स्पष्ट नीति नियम तथा कायम बिधि,आर्थिक कारोबार नियमित आन्तरिक तथा बाहिर लेखापरीक्षण गर्ने,कर्मचारी र सञ्चालक बीचको जिम्मेवारी स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ भन्ने आग्रह गर्दै संस्थाले स्मारिका प्रकाशन गरेको खण्डमा र नयाँ कमिटी चयन भएकाहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।




