
महोत्तरी - लागुऔषधको कारोवार गरेको आरोपमा वर्दिवासबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा न.११ बस्ने ३९ बर्षिय बलिराम भण्डारी, सर्लाही मलङगवा-९ बस्ने २२ बर्षिय मुकेश साह र सर्लाही रामनगर-४ बस्ने २१ बर्षिय अरुण कुमार दास रहेका इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ।
लागुऔषध कारोवार गर्दै गरेको विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरी टोलीले वर्दिवास १ स्थित देउराली माध्यामिक विद्यालय नजिकैको जंगलवाट तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख बिरेन्द्र थापाले जानकारी दिए ।
उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध डाइजीपाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन ३५ एम्पुल र खुल्ला अवस्थामा राखिएको लेबलिङ्ग नभएको एम्पुल ३५ थान गरि १ सय ५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई इप्रका वर्दिवासको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।