
कृष्ण राज गिरि/भैरहवा
रुपन्देहीको सिद्धार्थनगर नगर पालिका वार्ड नं ३ वाट प्रहरीले नक्कली मदिरा र आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर बनाई बिक्री वितरण गर्ने दुईजनालाई प्रकाउ गरेको छ।
पक्राउ पर्ने मा सिनपा -९ निवासी अम्बिका ट्रेडर्स का संचालक २८ वर्षीय नविन पन्थी र ३१ वर्षीय मुक्तार पठान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देही का अनुसार प्रहरी लाई आएको नक्कली मदीरा र राजस्व को नक्कली स्टिकर
बनाई बिक्री वितरण हुँदै आएको गोप्य सुचनाको आधारमा खोजतलाश गर्दै जाने क्रममा वुधवार राती उनिहरुलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ। दुबैजनाले अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली मदीरा बनाई बिक्री गर्नेगरेको र सो कार्य गर्न को लागि सिनपा-३ मा डेरा लिई बस्ने गरेकाे जानकारी प्रहरीले दिएका छन् ।
प्रहरीले तिनीहरुको डेरा खानतलासी गर्दा महँगा ब्राण्ड कामदीरा र तिनीहरुमा प्रयोग गर्न राखिएको नक्कली राजस्व को स्टिकर फेला पारेको हो।
प्रहरीले फेला पारेको समानहरुमा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ थान ,सिग्नेचर ब्राण्डको खाली बोतल ४८थान,वोल्ड दरवार लेखेको खाली बोतल १६ थान,गोल्डेन वोक लेखेको खाली बोतल ९ थान, सिगनेचर १८० एम.एल १२ थान, सिग्नेचर३७५ एम.एल बोतल २ थान,गोल्डेन वोक १८० एम.एल बोतल ४ थान, वोल्ड दरबार रेगुलर १८० एम.एल बोतल ३ थान,वोल्ड दरबार रेगुलर ३७५ एम.एल बोतल १ थान,१८० एम.एल ८८८४ बोतल ४१ थान , र जारको भाडामा रहेको रक्सी जस्तो तरल पदार्थ अंन्दाजी १ लिटर रहेको जनाएको छ।
वरामद गरिएको सम्पुर्ण समान र पक्राउ परेका दुवै जना लाई जिल्ला प्रहरी कार्यालय रुपन्देही ले आवश्यक कार्वाही को लागि आन्तरिक राजस्व कार्यालय भैरहवा पठाएको छ।
