काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक (प्रशासन)लगायत पदका लागि दरखास्त आह्वान गरेको छ।
आज एक सूचना जारी गर्दै विश्वविद्यालयले योग्य उम्मेदवारले आगामी फागुन ७ गतेभित्र दरखास्त दिन आग्रह गरेको हो ।
लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत कर्मचारी छनौट गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारहरूले विश्वविद्यालयको सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्नु सक्ने सूचनामा उल्लेख छ ।





