सुजाता राई
काठमाडौ । नोबेल साकोस साहित्य संस्थाले आफ्नो नियमित मासिक कार्यक्रम १२९औं श्रीङ्खलाको आयोजना गरेर साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गर्यो।
संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा रत्न पुस्तकालय, मध्य बानेश्वरको प्राङ्गणमा आयोजित कार्यक्रममा सभापति कार्की, विशिष्ट अतिथिहरू डा. दामोदर पुडासैनी, पुष्प रञ्जित ,युवराज नयाघरे ,डा देवी पन्थी,प्रा,डा गोबिन्द मानसिंह कार्की,पुष्प प्रसाद लुइँटेल ,कवि गीता अर्याल लगायतले दोसल्ला ओढाई खादा माला र सम्मानपत्र सहित सम्मान गरेका छन्।
सोही कार्यक्रममा साकोसका केन्द्रीय कोषाध्यक्ष कवि गीता अर्यालको कवितासङ्ग्रह 'पर्खाल भित्रको जून'को लोकार्पण पनि भयो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राधेश्याम लेकाली, सभापति रोहित कार्की, साहित्यकारहरू डा. दामोदर पुडासैनी,प्राज्ञ चेतनाथ धमला, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली ,साहित्यकार चन्द्रा न्यौपाने लगायतले लोकार्पण गरेको हो ।

नोबेल साकोस साहित्य संस्थाका संस्थापक संयोजक राजनप्रसाद न्यौपानेको सक्रिय व्यवस्थापनमा आयोजित सो कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको बारे समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, प्राज्ञ चेतनाथ धमलले प्रकाश पारेका थिए।

संस्थापक सदस्य सूर्य तामाङले स्वागत गर्नु भएको सो कार्यक्रममा बिष्णु गुरूङले देशभक्ति गीत गाउनु भयो भने साहित्यकारहरू डा. दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, पुष्प प्रसाद लुइँटेल ,दामोदर ढकाल दिपक ,वेद प्रसाद गौडेल, निर्मलरमण पराजुली, ध्रुव गजुरेल ,गणेश खतिवडा ,दल बहादुर नेपाली , शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल, सानु शर्मा, चन्द्रा नेउपाने , रोमा लम्साल ,कवि राज घिमिरे ,सुरेसचन्द्र घिमिरे ,सुनिता बाराल लगायतले आ-आफ्नो शुभकामना मन्तब्य तथा रचना प्रस्तुत गरे।
सोही कार्यक्रममा साहित्यिक योग@दान पुर्याए बापत सर्जकहरू सुरेशचन्द्र घिमिरे, सुनिता बराल लाई देवी पन्थी चारु साहित्य सम्मान र कविराज घिमिरेलाई कवि एन्जेलिना न्यौपाने साहित्य सम्मान प्रदान गरिएको थियो। साहित्यकार दलबहादुर नेपाली र कलाकार शान्त बहादुर शाक्य तथा कलाकार रोहित कार्की समेत सम्मानित गरेका हुन् ।
पर्खालभित्रको जूनका लेखक कवि गिता अर्याललाई संस्थाको तर्फबाट बधाई पत्र प्रदान गरे भने कार्यक्रममा कवि अर्यालका दाजुभाइ ,दिदीभिनाजु,छोराछोरी ,भदा भदै, भाउजू आमा, बहिनी र भदैनी समेत परिवारका १५ जना सदस्यको उपस्थिति रहेको थियो। कवि अर्यालका भाइ ए पि एफ खेम अर्यालले दिदीलाई शुभकामना दिए।

कार्यक्रममा अतिथिहरूलाई कवि अर्यालका तर्फबाट 'मायाको चिनो' प्रदान गरिएको थियो । खर्च ब्यबस्थापनमा खादा माला ,खाजा कवि अर्याल र कवि धरा सपकोटाले बहन गर्नु भएको थियो। खचाखच भरिएको प्राङ्गणमा उपस्थित सर्जकहरुले लोकार्पण भएको कृति बाट भावना न्यौपाने ,पुष्पा गजमेर,सलिन बिष्ट , भीष्म राज ढुङेल लगायतले रचना वाचन गरेका थिए।ब्यबस्थापनमा बिमला ढकाल ,सानू शर्मा,सूर्य तामाङ ,खेम अर्याल ,माला बस्नेत र इन्दिरा भन्डारी सहभागी भएका थिए।

कार्यक्रममा अन्य अतिथिहरु: सुसेलीका प्रवर्दक दुर्गा अधिकारी भवरकोटे,राज कुमार राई, संतोष कुमार पोखरेल ,धरा सापकोटा ,लिलाधर पाण्डे ,अनुराग अरुण ,अरुण खडका,महेश प्रसाद रिजाल,चेवन बस्नेत,पदम दाहाल,कृष्ण प्रसाद पौडेल ,बुद्धि सागर पौडेल ,अस्मिता बस्नेत, राजेन्द्र कुमार बज्राचार्य ,मानन्धर अभागी ,योगाज राजन कबिराज,ब्रहमप्रिय प्रेम स्वरुप,सरस्वती अर्याल ,केशव ज्ञवाली,प्रमोद ढकाल पृन्स,नवराज भट्ट ,रामचन्द्र अर्याल ,खेमनाथ अर्याल ,पद्मा झा,निर्मल झा,प्रतीक आचार्य ,हरि बराल,दिपक रिमाल,सुचित्रा अर्याल ,लक्ष्मी सुवेदी ,श्रीया सुवेदी ,सावित्री न्यौपाने ,कवि प्रकाश अर्याल ,मीना अर्याल,भीम खड्का ,ललिता,दिल बहादुर चौधरी ,डा गुणराज पयाकुरेल,सविता श्रेष्ठ ,शिछु सारु,एकराज हमाल,सिद्धार्थ कडेल,जनक के सी, सीता गर्तौला भन्डारी,तिलक गाउले,संगीता खरेल लगायत गजलका चर्चित युवा अनुहारहरु, मुक्तकका भरपर्दा स्तम्भहरु, कविता र आख्यानका स्थापित अभियन्ताहरु ,समाजसेवीहरु,संघ संस्थाका प्रतिनिधिहरु र साहित्य अनुरागीहरुको ठूलो संख्यामा साहित्यकार ,संचारकर्मी र साहित्य अनुरागी हरुको उपस्थिति रहेको थियो।




