महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार रायले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत नारायण प्रसाद चापागाईंका अनुसार रायले मनोनयन दर्ता गराएका हुन् ।
राय यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।



यसपटक जनता समाजवादी पार्टी नेपालले पनि सोही क्षेत्रबाट सुरेन्द्रकुमार यादवलाई नै उम्मेदवार बनाएको छ ।




