सुजाता राई
मोरङ । स्वर सङ्गम सङ्गीतालय, विराटनगरको ७३ औँ शृङ्खला सम्पन्न भएको छ । शास्त्रीय तथा सुगम सङ्गीत शृङ्खला नाम दिएको उक्त शृङ्खला सङ्गीतालयको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही रहेका थिए । कार्यक्रममा रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्ले, मैथिली ब्राह्मण समाजका अध्यक्ष मनोज मिश्रा, विराटनगरका प्रज्ञा–प्रतिष्ठानका सदस्य शिवनारायण सिङ्गल, विराट मैथिल कला परिषद्का कोषाध्यक्ष महेश यादव, मैथिली कवि कर्ण सञ्जयलगायतका स्रष्टा÷कलाकारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सङ्गीतका विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सौम्य पोखरेल, आकृति राई, बैजनाथ यादव, अतिषा भट्टराई, सूर्य धिमाल, सरला पोखरेल, ज्योति राजवंशी, आरजु बोहोरा, सन्देश प्रजा, ओजस्वी गुरागाईं, माही अटललगायतका कलाकारको प्रस्तुति रहेको थियो भने हार्मोनियम माहीअट्ल,ज्यती राजवंशी प्याड-पुरुषोत्तम सिंह किवोर्ड-जयराम माझी,र गीतार(लिड)संरेश पुजा हरेका थिए साथै सुमन पोखरेलको रचना रहेको गीतलाई श्यामकृष्ण बास्कोटा र अर्चना बास्कोटाले गाएका थिए ।




कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले स्वर सङ्गम सङ्गीतालयले उत्पादनशीलतामा जोड दिएकामा खुसी व्यक्त गर्दै यसको निरन्तरताको कामना गरे । लेखक तथा अनुसन्धातासमेत रहेका विरहीले कला र साहित्यमा साधनाको खाँचो रहेको कुरा औँल्याए ।
रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेले स्वर सङ्गम सङ्गीतालयका बारेमा जानकार रहे पनि लामो समयपछि कार्यक्रममा सहभागी हुन सकेकामा खुसी व्यक्त गरे । संस्थाका अध्यक्ष गुरु कुशेश्वर राईले निकै मेहनतले मात्र संस्था स्थापना भएको बताउँदै यसको विकासमा सबैको सहयोगको अपेक्षासमेत गरे ।
२०५१ सालमा स्थापना भएको यस संस्थाले नियमित रूपमा गतिविधि गर्दै आएको छ । संस्थाले विशेष गरेर उत्पादनशीलतामा जोड दिने गरेको छ । संस्थाको पहिलो शनिवार बहुभाषिक लोकसङ्गीत, तेस्रो शनिवार शास्त्रीय र अन्तिम शनिवार आधुनिक गीतसङ्गीतका प्रस्तुति रहने आयोजकज संस्थाका अध्यक्ष एवम् गुरुजी कुशेश्वर राई बताउँछन् ।
कुशेश्वर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव महिमा शर्माको रहेको थियो ।




