गाैशाला । महाशिवरात्रिको अवसर पारेर महाेत्तरीकाे जलेश्वर नगरपालिका – १ स्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरबाट आज भव्य कलश यात्रा आयोजना गरिएको छ ।
बिहानैदेखि सुरु भएको उक्त यात्रामा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो । धार्मिक भजन–कीर्तन, शंखध्वनि र ‘हर हर महादेव’को जयघोषले नगर क्षेत्र गुञ्जायमान बनेको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीहरू समेत सहभागी भएका थिए। सुरक्षाकर्मीहरूको व्यवस्थापनका कारण कार्यक्रम व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन् ।
कलश बोकेका महिलाहरूको सहभागिताले शोभा यात्रालाई थप आकर्षक बनाएको थियो। यात्रा नगरका मुख्य सडकहरू परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर समापन गरिएको थियो ।
महाशिवरात्रि नजिकिँदै जाँदा जलेश्वर क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गइरहेको छ। स्थानीयवासीका अनुसार यस्ता धार्मिक कार्यक्रमले सामाजिक एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।




