विष्णु गुप्ता,महोत्तरी– नरेश सिंहको स्मृतिमा आयोजित छैठौं संस्करणको क्रिकेट प्रतियोगिताको उपाधि एडवान्स्ड लर्नर्स हिमालयन इंग्लिस बोर्डिङ स्कुल (एल्हेब्स) ले जितेको छ।
महोत्तरी सदरमुकाम जलेश्वर स्थित लक्ष्मी चण्डी मुरारका खेल मैदानमा सम्पन्न फाइनल खेलमा एल्हेब्सले शिशुज्ञान निकुञ्ज विद्यालय लाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।




टस जितेर पहिले ब्याटिङ गरेको शिशुज्ञान निकुञ्ज विद्यालयले १६ ओभरको खेलमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ८७ रनको लक्ष्य पछ्याएको एल्हेब्सले १३ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो।

फाइनल खेलमा एल्हेब्सका कप्तान निहाल साह म्यान अफ द म्याच घोषित भए। प्रतियोगितामा बेस्ट बलर रोहन मण्डल, बेस्ट ब्याट्सम्यान रोहन पासवान तथा प्लेयर अफ द टुर्नामेन्ट निहाल साह घोषित भएका थिए।






