महोत्तरी – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–२ मा औरही नगरपालिका–७ निवासी जितेन्द्र ठाकुरले मतदान गर्नुभएको छ ।
उहाँले औरही नगरपालिका–७ स्थित रहेको राम बिलाश चन्देश्वर यादव जनता माबि भोईल टिम्किया मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
ठाकुर हाल किरियापुत्री अवस्थामा रहेर पनि मतदान प्रक्रियामा सहभागी हुनुभएको बताइएको छ । उहाँका बुवा रामललित ठाकुरको नौ दिनअघि निधन भएको थियो ।



पारिवारिक शोकका बाबजुद नागरिकको अधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको स्थानीयले बताएका छन् ।




