महोत्तरी जिल्लामा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएकोछ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार करिव ५२% मतदान भएको भएको छ। जिल्लाभर रहेका चार लाख ३१ हजार २८२ मतदातामध्ये दुई लाख २४ हजार दुई सय २६७ मत खसेको जानकारी दिइएको छ।
जिल्लामा २५६ मतदान स्थल र ५३६ मतदान केन्द्र मार्फत मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जनाउनुभयो।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. ३ मा ५२ प्रतिशत मतदान भएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ५०.०५ प्रतिशत , निर्वाचन क्षेत्र नं. १ मा ४५ प्रतिशत मतदान भएको छ भने निर्वाचन क्षेत्र नं. ४ मा ४१ प्रतिशत मतदान भएको विवरण प्राप्त भएको छ।
निर्वाचन प्रशासनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ र जिल्लामा कतै कुनै अप्रिय घटना नभएको प्रजिअ यादवले जानकारी दिनुभयो ।
उहाँले शान्तिपुर्ण मतदान सम्पन्न भइ मतपेटिका ढुवानी गर्ने कार्य सुरु भएको र मतपेटिका बुझाउने क्रम पनि सुरु भएको जनाउनुभयो ।




