सुजाता राई
विराटनगर महानगरपालिका वडा नम्बर ११ मा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतदान केन्द्रहरूमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा मतदाताको उल्लेखनीय उपस्थिति देखिएको थियो।
वडामा जम्मा ८ हजार १८३ मतदाता रहेकोमा ५ हजार ३०६ मत खसेको निर्वाचन सम्बन्धित स्रोतले जनाएको छ। खसेको मतमध्ये महिला २ हजार ५८९ र पुरुष २ हजार ७१५ रहेका छन्।
मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको निगरानीमा शान्त वातावरणमा मतदान प्रक्रिया सम्पन्न भएको जनाइएको छ।




