महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवात देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ।
बर्दिबासस्थित निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको पछिल्लो मतगणना अनुसार वर्दिवास वडा नं १ र २ , गौशाला १, र भंगहा ३ को मतगना हुँदा सम्मको मत परिमाणमा रास्वपाका प्रमोदकुमार महतोले ४ हजार ३९८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरीराजमणी पोखरेलले १ हजार ८६८, नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीले ८२ र कांग्रेसका मुकेश काफलेले ७०० मत प्राप्त गर्नु भएको छ ।





