महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा करिब दुई घण्टादेखि अवरुद्ध रहेको मतगणना पुनः सुरु गरिएको छ।
मतपेटिकाको मुचुल्का तथा निर्वाचन अधिकृतको हस्ताक्षरसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि मतगणना प्रक्रिया केही समयका लागि रोकिएको थियो।



विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा निकायका प्रतिनिधि तथा राजनीतिक दलका मतगणना प्रतिनिधि बीच छलफल गरिएको थियो। छलफलपछि सहमति बनेसँगै मतगणना पुनः सुचारु गरिएको बताइएको छ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने मतगणना प्रक्रिया निरन्तर रूपमा अघि बढाइएको छ।





