गोपाल झा,महोत्तरी। प्रत्येक वर्ष झै यस वर्ष पनि आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् चाँड वडा दसैँ आज बिहिबार देखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमा सम्म धुमधामका साथ मनाउने गरिन्छ ।
यसै गरी महोत्तरी जिल्लाको एकडारा गाँउपालिका वडा न.१ मा रहेको दुर्गा मन्दिरमा आज बिहीबार बिहान घटस्थापनाको दिन करीब २ हजार भन्दा बढि कुमारी कन्याहरु कलश यात्रामा सहभागी भएकी थिईन । घटस्थापना भएको दिन देखि नौ दिन सम्म माता दुर्गा भवानीको विशेष पुजा पाठ गरिने गरिन्छ ।उक्त कलश यात्रा एकडारा १ स्थित दुर्गा मन्दिरको प्रगांन बाट शुरु भई ब्रम्हस्थानमा बिधिबत पुजा अर्चना गर्दै गाँउको पश्चिममा लाग्दै गरेको बजार हुदै वडानं.२ बेला गाँउको परिक्रमा गर्दै पुनः एकडारा पाठशाला चौकमा रहेको पोखरीमा कलश सोभायात्रामा सहभागी कुमारिकन्याहरु ज्ल भरेर दुर्गा मन्दिर प्राङ्गरमा कलस राखि समापन्न भएका छन ।कलश सोभायात्राको क्रममा स्थानिय ब्यबसायी सुलोचन तिवारी , जगत साह र बेचन साह कुमारिकनयाहरुलाई फ्रुटी र फलफुल बितरण गरेको दुर्गापुजा समितीका अध्यक्ष रामनाथ साह बताएका हुन् ।एकडारामा प्रत्येक बर्ष मनाईने दुर्गापुजामा करीब साढे पाँच लाखको हारारीमा हुने खर्च एकडारा बेलाका सम्पुर्ण गाँँउबासीले सक्यअनुसार चामल , दाल आलु सहीत माता दुर्गाभबानीको पुजाका लागी आर्थीक सहयोग गरीदैँ आईरहेको छ । साथै यस बर्ष एकडारा गाँउपालीकाले पनी दुर्गा पुजाको लागी रु.९० जहार आर्थीक सहयोग गर्ने आश्वासन दिएको पुजा समितीका कोषाध्यक्ष श्यामयादब जानकारी गराएका हुन् ।