महोत्तरी - पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साह रहेका छन्। उनलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
ती किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि साहलाई खोजी गर्न प्रहरी टोली खटिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षणसहित अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ।




