
ढल्केवर । मेरो माइक्रोफाइनान्स लघुबित्त वितिय संस्था लि लालगढ धनुषाले वार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वितिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
विहिवार लालगढको मंगेश होटलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक केवल कुमार राउतले गरेका थिए भने मिथिला नगरपालिका वडा नं १० का वडाध्यक्ष सबिन बिक्रम थापा प्रमुख अतिथिका रुपमा रहेका थिए ।
संस्थाका प्रदेश प्रमुख राम किशोर प्रसाद कुशवाहा विशेष अतिथि रहेका उक्त कार्यक्रमको संचालन लालबन्दी शाखाका प्रबन्धक समीर घिमिरेले गरेका थिए ।
संस्थाका अमरेन्द्र कुमार यादवको स्वागतमन्तव्यबाट सुरु भएको कार्यक्रममा ७ वटा पालिकाका केन्द्रका ९३ जना प्रमुख महिलाहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा अनुगमन अधिकृत कमल घिमिरे , मुकेश कुमार राय लगायतको उपस्थिती रहेको थियो ।