काठमाडौँ – पूर्वगृहमन्त्री रमेश लेखकको निवासमा उनलाई पक्राउ गर्न प्रहरी टोली पुगेको छ ।
प्रहरी स्रोतका अनुसार लिखित आदेश र जरुरी पक्राउ पुर्जीसहित टोली निवासमा पुगेको हो । यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि प्रहरी टोली परिचालन गरिसकिएको छ ।



भदौ २३ गते काठमाडौँको बानेश्वरमा भएको गोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको हो ।
शुक्रबार गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेसँगै सुरक्षा तथा कानुनी प्रक्रिया तीव्र बनाइएको जनाइएको छ ।




