महाेत्तरी - महाेत्तरीमा जाडाेले कठांग्रिएर एक बृद्धाकाे मृत्यु भएको छ।गौशाला नगरपालिका वडा नम्बर ५ बस्ने ७२ वर्षीया रामपरी देवी पासमानको मृत्यु भएको हाे।
मंगलबार स्वास्थयमा समस्या आएपछि स्थानीयको सहयोगमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरीहरु प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको लागी भर्ना गराएका थिए । बुधबार उपचारकै क्रममा पासमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पासमान करिब ३४ वर्षदेखी घैलाबजारमा लाग्ने फुटपात कपडा पसलको लिपपोत गरे वापत आएको पैसा र एक्कल महिलाको भत्ताले जीवनयापन गर्दै आएकी थिईन् ।
निज दिनभरी मागी हिड्ने र साँझ परे पछि पसलहरुको बरण्डामा गई सुत्ने गरेको स्थानीय व्यपारीहरु बताउछन् ।