सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । आइतबार बिहान पक्राउ परेका खड्का सोमबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । जेन–जी आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।



विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको थियो ।
जेन–जी आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन् ।




