गौशाला – गौशाला नगरपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने क्रममा भेदभावपूर्ण गतिविधि भएको आरोप लगाउँदै उनले यस्तो घोषणा गरेका हुन्।
उनले भने, “बजारभित्रका अतिक्रमित संरचना हटाउने क्रममा भेदभाव गरिएको छ। अग्रिम रूपमा दिइएको सूचनाको उल्लंघन गर्दै केही स्थानीय अभियानीहरूले व्यक्तिगत संरचनामा क्षति पुर्याएका छन्। असन्तुष्ट व्यापारी तथा व्यवसायीहरूको माग सम्बोधन नभएसम्म बजार बन्द रहनेछ।”



शनिबार गौशाला नगरपालिकाको कार्यालय तथा स्थानीय युवाहरूको एक समूहले केही व्यक्तिको सम्पत्तिमा क्षति पुर्याएको बताइएको छ।





