धनवीर महतो/धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,गौशाला,(महोत्तरी)-दुई कार्यालयले निकालिएको प्रेस विज्ञप्तिका कारण गौशालाका व्यापारीहरु प्रत्यक्ष मार्कामा परेका छन् । शनिबार बिहान गौशालाबजार क्षेत्रभित्र पर्ने संरचना हटाउने क्रममा व्यवसायीहरुको पसलको संरचना हटाउने क्रममा तोडफोड गरेपछि यहाँका व्यवसायीहरु प्रत्यक्ष मार्कामा परेका छन् ।
केहीदिन अगाडि गौशाला नगरपालिकाको कार्यालय र गौशाला नगरपालिका वडा नं. ५ को कार्यालयले जारी गरिएको सार्वजानिक सुचनाको कारण स्थानिय व्यपारीहरु मार्कामा परेका छन् । ती दुई कार्यालयकै कारण बजार व्यवस्थापनको क्रममा विवाद सिर्जना भएको हो ।




बडा कार्यालयले चैत १७ गते जारी गरिएको सुचनाको बुँदा नं. ४ मा बजारभरिका सडक अतिक्रमित क्षेत्रलाई व्यवस्थित गरि सरसफाई गर्नुपर्ने उल्लेख रहेका छन् । त्यस्तै नगरपालिकाले यहि चैत्र १९ गते प्रकाशन गरेको सुचनाको बुँदा ५ मा पसलको अगाडि सडकमा जथाभावी छाना निर्माण गरिएको जस्ताको छदि, बोर्डहरुलाई पुर्णरुपमा हटाउने उल्लेख रहेको छ । त्यस्तै बुँदा नं. ६ मा आफ्नो पसल अगाडिको स्लाबमाथि सरसरमान राखि बेच्ने पाँउने तर नालाबाहिर राख्न नपाउने उल्लेख रहेका छन् ।

यसै विषयमाथि चित नबुझ्दा बजार अतिक्रमणमुक्त गर्ने क्रममा समस्या पैदा भएको गौशाला नगर संजालका अध्यक्ष भरत महतोले बताए । उनले भने, ‘हामीहरु समन्वयनको भुमिकामा रहेका थियौ । नगरपालिकाको कार्यालय र बडा कार्यालय मुख्य भुमिकामा रहि बजार व्यवस्थापनमा खटिएको थियो । जहाँ नगरको प्राविधीक, जनशक्ति र सुरक्षाकर्मी परिचालन गरिएको थियो भने वडा कार्यालयको विशेष निगरानी रहेको थियो ।’
वडाअध्यक्षले गरे बजार बन्दको घोषणा
गौशाला नगरपालिका वडा नं. ५ का बडाअध्यक्ष ओमप्रकाश गुप्ताले अनिश्चितकालिन गौशालाबजार बन्दको घोषणा गरिएको छ । बजारको अतिक्रमित जग्गा मुक्त गर्ने क्रममा भेदभावपुर्ण गतिविधी गरिएकोले बडाअध्यक्ष गुप्ताले सार्वजानिक रुपमै गौशाला बजार बन्द अनिश्चितकालित बन्दको घोषणा गरेका हुन् ।
उनले भने, ‘बजारभित्रको अतिक्रमित संरचना खाली गर्ने क्रममा भेदभावपुर्ण गतिविधी भएको हो । अग्रिम रुपमा दिईएको सुचनाको प्रत्यक्ष रुपमा उल्लंघन गर्दै स्थानिय अभियानीहरुले व्यक्तिगत संरचनामा क्षति पुर्याएको हो । असन्तुष्ट व्यापारी अनि व्यवसायीको माग सम्बोधन नभएसम्म बजार गरिएको हो ।
तथापी शनिबार दिउँसोको समयमा भने बजार आंशिक रुपमा खुल्ला नै थियो । जसका कारण बाहिरबाट आएका सेवाग्राहीहरु प्रत्यक्ष रुपमा मार्कामा परेका थिए ।’

छलफल गरि समस्याको निकास गरौ ः नगरप्रमुख महतो
बजार बन्द गरेर समस्या समाधान नहुने यसका लागि बसेर छलफलमार्फत समस्या समाधान खोज्नुपर्नेमा गौशाला नगरपालिकाको नगरप्रमुख डा दिपेन्द्र महतोले बताए । उनले भने, ‘समस्यामा परेको व्यवसायीहरु नगरपालिकामा आई समाधान गर्नुपर्नेछ । अनिवार्य रुपमा नालाभित्रमै सरसमान राखि व्यवसाय गर्ने गरौ । समस्या समाधानका लागि मैले बडाअध्यक्षसँग समन्वय गरिरहेको छु । बजार विस्तारको क्रममा अवरोध नगरिकन सवैको साथ र सहयोगको आवश्यक रहेको छ ।’
सुधार गर्ने क्रममा समस्या हुनसक्छ ः उपाध्यक्ष महतो
बजार अतिक्रमणमुक्त गर्ने क्रममा सटर टुटफुट भएको गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोले बताए । उनले सुनाए, ‘बजार बन्द नगरिकन सेवा सुचारु गरिकन समस्याको समाधान निकाल्नुपर्नेछ । वडाअध्यक्षले स्वयम म्यानेट गरि निर्णय गरेर अगाडि बढेतापनि कामको शिलशिलामा केही तलमाथि भएको हो । यसलाई ठुलो मुद्दा बनाए बजारको विकास कदापी हुन सक्दैन् । तसर्थ सवैले यसलाई मनन गर्दै अगाडि बढौ ।’
बर्षौदेखि थाती रहेको बजार विकासको खाका युवाले कोर्दैछ ः साँसद महतो
महोत्तरी क्षेत्र नं. १ मा साँसद प्रमोदकुमार महतोले यस अवस्थामा सरोकारवाला निकायलाई समन्वयनकारी भुमिका अपनाउनुपर्नेमा जोड दिएका छन् । क्रमिक रुपमा जीर्ण र कुरुप बन्दै गएको बजारलाई युवाहरुको समर्थनमा अतिक्रमणमुक्त हुँदै गएको सकारात्मकपक्ष रहेको महतोले सुनाएका छन् । उनले भने, ‘करिब १५ बर्षपछि गौशालाले काँचुली फेर्दैछन् । यसमा सवैको समर्थनको आवश्यक रहेको छ । गौशाला हाम्रो ईतिहास हो, धरोहरको केन्द्रविन्दु रहेकोले यसप्रति सवैले संयमति भई लाग्नुपर्ने देखिन्छ । गौशालालाई संरक्षणका लागि युवापिढी अगाडि आएको छ ।

जसलाई हरेकपक्षको समर्थनको आवश्यकता रहेको छ । नगर युवा संजाल र गौशाला नगरपालिकाले अगाडि बढाएको कदममा मेरो पुर्ण समर्थन छ । नयाँ संरचना निर्माणको क्रममा पुरानो भत्किनु वा समान्य टुटफुट हुन सक्छ जसलाई म्यानेज गरि हामी गौशाला विकासको पक्षमा अगाडि बढौ ।’








