नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौँ वार्षिक साधारणसभा जनकपुरधामस्थित मिथिला बैंक्विटमा भव्य रूपमा सम्पन्न भएको छ।
साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ।



नव निर्वाचित कार्यसमितिमा विजय कुमार साह अध्यक्षमा चयन हुनुभएको छ। त्यसैगरी राज कुमार साह उपाध्यक्ष, संजय कुमार अग्रवाल उपाध्यक्ष (एसोसिएट) र रबिन्द्र नाथ गोपाली कोषाध्यक्षमा निर्वाचित हुनुभएकोछ।
त्यसैगरी कार्यकारिणी सदस्यहरूमा भरत महतो, विनोद कुमार साह, सूर्य नारायण यादव र नवीन कुमार साह निर्वाचित भएका छन्।
सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ, जसले मधेश प्रदेशका व्यवसायीबीचको एकता र सहमतिको संकेत गरेको छ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले प्रदेशको आर्थिक उन्नतिका लागि नीतिगत सुधार, पूर्वाधार विकास तथा लगानीमैत्री वातावरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
नव निर्वाचित अध्यक्ष विजय कुमार साहले व्यवसायिक हकहित संरक्षण, निजी क्षेत्रको सशक्तीकरण तथा प्रदेशको समग्र आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोछ।
कार्यक्रममा प्रदेशभरिका उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




