महोत्तरी – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रु एक करोड ३० लाख बराबरको विगो रकम सम्बन्धी मुद्दामा मटिहानी नगरपालिका–७ निवासी जगन्नाथ दास वैष्णवलाई पक्राउ गरिएको हो। उक्त मुद्दा दिपेन्द्र ठाकुरको जाहेरीका आधारमा दर्ता भएको थियो।



मुद्दा दर्ता भएपछि फरार रहेका वैष्णवलाई प्रहरी टोलीले खोजतलासका क्रममा निजकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका वैष्णवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको प्रहरीले जनाएको छ।




