सुजाता राई
विराटनगर । विराट साहित्य सङ्गमको २३६औँ शृङ्खलामा कवि करुणाकर थापाको कविता सङ्ग्रह “फूलको थुङ्गा एक रङ अनेक” सार्वजनिक गरिएको छ।




राट्र सेवक सहकारीको भवनमा शनिबार आयोजित कार्यक्रममा उक्त कृति सामूहिक रूपमा लोकार्पण गरिएको हो।
सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिकास्थित स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षित प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा मिनराज ढकाल, प्रा.डा. मेदानी शर्मा, सरला चापागाईं, प्रज्ञा खेम नेपाली, डा. देवी पन्थीलगायतको उपस्थिति रहेको थियो।

कृतिमाथि भवानीप्रसाद पोखरेलले समीक्षा प्रस्तुत गरेका थिए भने कृतिकारको परिचय भीम कोइरालाले गरेका थिए।
लोकार्पणपछि आयोजित सिर्जना वाचन कार्यक्रममा मोरङ र सुनसरीका कविहरु: दिव्य राज कट्टेल,एकराज भट्टराई, हरिप्रसाद बरल, गोविन्दा ढुङ्गाना, लक्ष्मी राईमाझी, मिढु थापा, एल .पी .पराजुली, दोमी कामत,यज्ञ बहादुर थापा, सुशीला प्रसाई(ढुंगाना) अर्जुन नेपाल, नारायण दाहाल, जमुना पौडेल, हरिहर भण्डारी, रामबाबु दाहाल, कुमार प्रधान, शम्भुप्रसाद भट्टराई, स्यम्भु प्रसाद कार्की, ऋषि तिवारी, भोपाल अधिकारी, किरण रिजाल, प्रेम प्रसाद रिजाल, शान्ता कर्ण, पुष्पा शायरा, निर्मला नेपाल, बाबुराम पोखरेल, अछुत खतिवडा, लक्ष्मी पोखरेल, कविता चापागाई, सुजाता राई, लक्ष्मी जोशी,उमानाथ भट्टराई (अचल ) रन्जना भट्टराई, लगायतका ४३ जना स्रष्टाले सहभागी जनाउदै आ-आफ्ना रचना सुनाए ।

कार्यक्रममा ” न्यौपाने साहित्य पुरस्कार ” चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीलाई प्रदान गरियो। कार्यक्रम सञ्चालन कविता केशरीले गरेकी थिइन्।




