काठमाडौँ – प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएकी छन्।
अस्पताल प्रशासनका अनुसार उनलाई बुधबार बिहान अर्धचेत अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो।



प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी दिइएको छ।
उपसभामुख ठाकुरलाई अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा देखिएको समस्याको यकिन कारण पत्ता लगाउन विस्तृत चिकित्सकीय परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ।








