काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १६ गते ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएकी उनलाई उपचारपछि बिहीबार डिस्चार्ज गरिएको श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए ।



“उहाँलाई चिकित्सकले केही दिन आराम गर्न सुझाव दिनुभएको छ,” सांसद राईले बताए ।
चिकित्सकका अनुसार उपसभामुख कुमारीको शरीरमा सुगरको मात्रा कम भएको पाइएको थियो ।








