फोटो : धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,शिरीष न्युज,औरही/महोत्तरी
महोत्तरी – महोत्तरीको औरही नगरपालिका–२ औरही क्षेत्रमा विद्यालयबाट घर फर्कँदै विद्यार्थीहरू परम्परागत बैलगाडामा यात्रा गरिरहेका छन्,लजहाँ हरियाली खेतबारी,खुला आकाश र ग्रामीण सडकबीच देखिएको यो दृश्यले तराई–मधेशको सरल जीवनशैली,आपसी सहकार्य र सामूहिक यात्राको संस्कृतिलाई जीवन्त रूपमा झल्काउँछ।

आधुनिक सवारी साधनको बढ्दो प्रयोगका बीच यस्ता परम्परागत साधनहरू विस्तारै लोप हुँदै गएका भए पनि कतिपय गाउँमा अझै यसको उपयोग भइरहेकाले पुरानो पहिचान र मौलिकताको संरक्षण भइरहेको देखिन्छ।




साथै, विद्यालय पोशाकमा हाँस्दै–खेल्दै घर फर्किरहेका यी विद्यार्थीहरूले ग्रामीण बालजीवनको सहजता,खुसी र आपसी आत्मीयताको सुन्दर चित्र प्रस्तुत गरेका छन्।








