आशिक हुसैन शेख,दोहा, कतार
कतारमा कार्यरत रामेछाप जिल्लावासी नेपालीहरूको साझा संस्था “रामेछाप सेवा समाज कतार” को विशेष भेला २०२६ भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। भेलामा संस्थाको संगठन विस्तार, सदस्यता अद्यावधिक, आगामी कार्यक्रमको तयारी तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।



भेलामा कतारका विभिन्न क्षेत्रमा कार्यरत रामेछापवासी नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले संस्थालाई अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा राख्दै आपसी एकता, सहकार्य तथा सामाजिक सेवामार्फत समुदायलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका सभापति राजु थापा मगरले संस्थालाई प्रवासमा रहेका रामेछापवासीहरूको साझा चौतारीका रूपमा अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि कविन्द्र कंडेल, महासचिव प्रकाश दर्नाल तथा सिन्धुली समाज सेवा कतारका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थागत एकता र सहकार्यमा जोड दिएका थिए।
भेलाका क्रममा उपस्थित सदस्यहरूको विवरण संकलन, सम्पर्क अद्यावधिक तथा संस्थागत गतिविधिलाई तीव्र बनाउने विषयमा समेत छलफल गरिएको थियो। साथै आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।
विशेष भेलामा सहभागी भएका सदस्यहरूमा दिलिप मगर, दुर्गा नामी, सगुन कुमार दर्लामी, प्रेम सुनार, राज गुरुङ, पूजा कार्की, कान्छा लामा, विनोद श्रेष्ठ, विजय कुमार सापकोटा, प्रकाश ढकाल, प्रदीप मुस्कान, शान्त बस्नेत, जीवन राई, पार्वती लामिछाने, भविन श्रेष्ठ, गंगा रामचन्द्री, सबिन मगर, राज हरी गौतम, आशिष श्रेष्ठ, कृष्ण केसी, गोविन्द थापा, पूजा खत्री, सपना, सरिता चौधरी तथा निरज सुनार लगायतको उपस्थिति रहेको थियो।
भेलाबाट गठन गरिएको कार्यसमितिमा अध्यक्षमा राजु थापा मगर, वरिष्ठ उपाध्यक्षमा आसिष मोक्तान, प्रथम उपाध्यक्षमा राज तामाङ, द्वितीय उपाध्यक्षमा शुभराज सुनवार, महिला उपाध्यक्षमा ममता रौनियार खत्री, महासचिवमा प्रकाश दर्नाल, सचिवमा कविता मोक्तान, कोषाध्यक्षमा रविन खत्री तथा सह–कोषाध्यक्षमा सुसन मगर चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा कर्ण घिसिङ, सुमन खडका, शर्मिला राउत, राम कुमार बस्नेत, प्रेम भण्डारी, मिना बानेजन, राजु कुमार भण्डारी, मुना बानेजन तामाङ, राजिव सेन्चुरी तथा यमुना खत्री रहेका छन्।
कार्यक्रममा कलाकारहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै माहोललाई थप उल्लासमय बनाएका थिए। विशेष भेलाले रामेछाप सेवा समाज कतारलाई आगामी दिनमा अझ सशक्त, व्यवस्थित र सामाजिक सेवामुखी संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।




