धर्मेन्द्र कुमार यादव/ महोत्तरी,
महोत्तरीको सोनमा गाउपालिकामा एक जना दिर्घरोगीलाई रु २५ हजार आर्थिक सहयोग सहयोग गरिएको छ।
सोनामा गाउपालिका १ बस्ने ६९ बर्षिय बनबारी साह कानुलाइ आर्थिक सहयोग गरिएको छ। मुटुरोग बाट ग्रसित साहको आर्थिक अव्स्था कमजोर भएको कारन उपचार गराउनको लागी आर्थिक सहयोग गरिएको छ। शुक्रवार आयोजित एक कार्यक्रममा गाउपालिका प्रमुख बिशेश्वर प्रसाद यादवले रु २५ हजारको चेक दिइएको कुरा गाउपालिका श्रोतले जनाएको छ।
गाउपालिका द्वारा पुर्व घोषित कार्यक्रम अनुसार दिर्घरोगी हरुलाइ आर्थिक सहयोग गर्दै आइरहेको छ।




