महोत्तरी – ज्यान मार्ने उद्योगसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार महोत्तरी जिल्ला अदालतबाट २०८३ जेठ १८ गते पक्राउ अनुमति जारी भएपछि फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।



प्रहरी टोलीले २०८३ जेठ २७ गते साँझ करिब ७ बजे महोत्तरीको गौशाला नगरपालिका–३ स्थित आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका–३ निवासी २३ वर्षीय सन्तोष महतो र सोही ठाउँका २३ वर्षीय जितेन्द्रकुमार महतो रहेका छन्।
पक्राउ परेका दुवै जनालाई २०८३ जेठ २८ गते महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




