महोत्तरी - सोनमा गाँउपालिकाले आर्थिक बर्ष २०७९/०८० को अनुमानित वजेट निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलवार गाँउपालिकाको सभाहलमा आयोजित एक समारोह बीच आर्थिक बर्ष २०७९/०८० को लागि ४३ करोडभन्दा बढि रकम बराबरको वजेट प्रस्तुत गरिएको हो ।
गाँउपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले ४३ करोड ९८ लाख ४३ हजार को बजेट प्रस्तुत गरेको हो ।अध्यक्ष यादवले प्रस्तुत गरेको वजेटमा आन्तरिक स्रोत मार्फत १ करोड, संघीय सरकारको राजश्व वाँडफाँडमार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदान मार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदान मार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारको वितीय समानीकरण मार्फत ८३ लाख ३४ हजार, प्रदेश सरकारको विशेष अनुदान मार्फत ३० लाख, प्रदेश सरकारको सम्पूरक अनुदान मार्फत २० लाख, सडकवोर्डमार्फत २५ लाख र गत आर्थिक वर्षको संचित रकम ३ करोड गरि सो वजेट विनियोजन गरिएको गाँउपालिकाको कार्यालयले जनाएको छ ।स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखि विनियोजन गरिएको वजेटमा शिक्षा, कृषिले पहिलो प्राथामिकता पाएको गाँउपालिकाका अध्यक्ष यादवले बताए ।
नितिगत वजेट नै अधु्रो : वडाअध्यक्ष यादव

अवेला गरि ल्याएको वजेट अधुरो रहेको गाँउपालिका वडा नं. १ का वडाअध्यक्ष अशोककुमार यादवले बताए । वडाअध्यक्ष यादवले भने, ‘यस वजेटप्रति हामीहरुको प्रत्यक्ष रुपमा असन्तुष्टी रहेको छ । यसलाई संशोधन नगरेसम्म हामीहरुको असहमति रहि रहनेछ ।’
शिक्षा नितीमा अध्यक्षलाई विना कारण जोडिनु, किसानलाई उपलब्ध गराउने सेवा सुविधा, वजेटमा आर्थिक पारदर्शी नरहेकोले यसलाई संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको गाँउपालिका वडा नं. १ का अध्यक्ष अशोक कुमार यादवले बताएका छन् ।










