महोत्तरी – महोत्तरी प्रहरीले गौशाला नगरपालिकामा कार्यरत ८ जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो ड्युटीमा रहेका नगरप्रहरीलाई नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको हो।
केही दिनअघि निगौल गाई गौशालाको जग्गामा नाला निर्माण गर्ने क्रममा उत्पन्न विवादका क्रममा नगरप्रहरीले निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तीकुमारी पाण्डेमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ।




