सुजाता राई
विराटनगर । सप्तरङ्गी साहित्य मञ्चका अध्यक्ष तथा सिर्जना साहित्य समाज, इनरुवाका सचिव लघुकथाकार रमेन्द्र कोइराला सम्मानित भएका छन्।



नोबेल साकोस विराटनगर शाखाको साहित्य संस्थाद्वारा शनिबार दाहाल प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।

साकोस विराटनगर शाखाकी साहित्य संस्था अध्यक्ष मञ्जु दाहाल घिमिरेको अध्यक्षतामा प्रमुख अतिथि – नारी स्रष्टा समाजका अध्यक्ष तथा साहित्यकार ममता मृदुलको अतिथ्यतामा विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल तथा विशेष अतिथिका रूपमा विराट साहित्य सङ्गम अभियानका रामबाबु दाहाल त्यसै गरि प्रा.डा.मेदिनी प्र.शर्मा, सिर्जना साहित्य समाज, इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, कोशी साहित्य परिषद्का अध्यक्ष केशु विराही, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिंगल, झोराहाट नाट्यकला केन्द्रका अध्यक्ष भरत गुरागाईं, बर्बरिक, दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य मोहन दाहाल, रेडियो प्रस्तोता पत्रकार गोपाल पोखरेल, मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामत तथा समीक्षक भवानीप्रसाद पोखरेको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न क्षेत्र र स्थानबाट उपस्थित साहित्यकारहर, सल्लाहकारहर, संस्थाका पदाधिकारीहरु,आजीवन सदस्यहरु नवराज नवशिला, चिरञ्जीवी काफ्ले, विष्णु दाहाल, शारदा भट्टराई, गीतादेवी पोखरेल, विद्याप्रसाद गौतम, चन्द्र कान्त भट्टराई, उमानाथ भट्टराई,
गोमादेवी घिमिरे (दाहाल) हरि कट्टेल, प्रयाग न्यौपाने, उमेश लुइँटेल,सुशिला प्रसाईं ढंगाल, गोविन्दा भगत, हरिलाल चौधरी, पुष्पा शायरा, निर्माला नेपाल, नानुमाया दाहाल, यमुना भट्टराई लगायतले रचनावाचन सुनाए। यसै अवधिमा द्वारिका प्र. पोखरेल बयमिया साह, गोपाल पोखरेल,लोचन रिजल,लक्ष्मी रायमाझी, रोहिणी रासिक असल श्रोताको रूपमा रहेका थिए।

कविहरुको कविता, कथा, लघुकथा तथा अन्य विधाका सिर्जनाहरू सबै सन्देश मुलक उत्कृष्ट रहेको प्रमुख अतिथिले धारण राख्दै सम्मानित स्रष्टाको साहित्य क्षेत्रमा उच्च मुल्यांकन गर्दै नोबेल साकोस संस्थालाई शुभकामना दिए।
कार्यक्रम संस्थाका सदस्य शान्ता भट्टराईको मन्तव्यबाट प्रारम्भ भएको संस्था परिचय उपाध्यक्ष भूपाल अधिकारीले गराए। सम्मानपत्र कोषाध्यक्ष ऋषि तिवारीले वाचन गरेर सुनाए भने कार्यक्रम सञ्चालनको जिम्मेवारी सचिव सुजाता राईले सम्हालेकी थिइन्।




