
महोत्तरी(औरही) - सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि महोत्तरीको औरही नगरपालिका लगाएत मधेस प्रदेशका जिल्लाहरुमा घाटहरु सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि महोत्तरीको औरही नगरपालिकामा घाटहरु एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ ।
पूजा स्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन् । घाटमा पूजा गर्नका लागि झन्डै सयौ जति पूजा कक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्षले जानकारी दिए। निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ ।
औरही नगरपालिका १ स्थित रहेको खोलामा घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । फोटो फिचर : धर्वेन्द्र कुमार यादव ''यदुवन्शी''शिरीष न्युजकर्मी,महोत्तरी/ ।









