जनकपुरधाम । राजर्षी जनक विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर श्याम नारायण लाभले जनकपुरधामस्थित उपकुलपतिको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार जनकपुरधामस्थित उपकुलपतिको कार्यालयमा प्रा।डा। ले पदभार ग्रहण गर्नुभएको हो ।



पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. विद्यासागर वर्मा, रजिस्ट्रार प्रा. डा. बलराम झा, विभिन्न संकायका डिन, परीक्षा नियन्त्रक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नवनियुक्त उपकुलपति लाभलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्धन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखी अघि बढ्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन् ।
पदभार ग्रहणसँगै विश्वविद्यालयको नेतृत्वमा नयाँ अध्याय सुरु भएको विश्वास व्यक्त गर्दै सहभागीहरूले विश्वविद्यालयको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।




