मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई बलात्कार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
अदालतले सजाय निर्धारणका लागि बिहीबार पेसी तोकेको छ ।
यसअघि, काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साल साउनमा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी थुनामै रही मुद्दाको सुनुवाइ भइरहेको थियो ।
अदालतले दोषी ठहर गरिसके पनि उनले कति वर्ष कैद तथा अन्य सजाय पाउने भन्ने विषय भने सजाय निर्धारण हुने बिहीबारको इजलासबाट टुंगो लाग्नेछ ।







