दिवेश कुमार महतो
विद्यार्थीमा पठन संस्कृतिको विकास र व्यावहारिक सिकाइ सहजिकरण गर्ने उदेश्यले अमेरिकी दूतावासको सहयोगमा कारखाना समूहद्वारा घुम्ती पुस्तकालयको सेवा धनुषा र महोत्तरीका केहि स्थानहरुमा कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपालमा कारखाना समूहद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम धनुषाको ढल्केबर हुँदै महोत्तरीको बर्दिबासमा घुम्ती पुस्तकालयको सेवा प्रदान गरिएको हो । सोही घुम्ती पुस्तकालय धनुषाको मिथिला नगरपालिका, ढल्केबर गई त्यहाँका स्थानीय बासिन्दा, शिक्षक , बालबालिका र युवाहरुसँगको अन्तरक्रिया कार्यक्रम गरी गाँउ- सहरमा पुस्तक अध्ययनको साँस्कृति बसाउन मद्दत पुर्याएका थिए । ढल्केवरमा लियो क्लब अफ मिथिला आदर्शको समन्वयमा भएको उक्त कार्यक्रममा स्थानिय शिक्षक , विधार्थीहरुको उल्लेखनीय सहभागिता रहेको लियो क्लब अफ मिथिला आदर्शका अध्यक्ष धर्मेन्द्र कुमार महतोले बताउनुभयो ।



“विधार्थीहरुमा किताब पढ्ने सँस्कृति हराएको र आधुनिक युगमा मोबाइलको अत्यधिक प्रयोगले लामो समयसम्म किताब पढ्ने सँस्कृतिमा ह्रास आएकोले कारखाना समूहद्वारा सञ्चालित घुम्ती पुस्तकालयले सकरात्मक सन्देश दिन खोजेको “ढल्केबरका स्थानिय समाजसेवी राजलाल महतोले बताउनुभयो। वहाँका अनुसार “सामुदायिक विधालयहरुमा समेत पुस्तकालयको अभाव र पुस्तकालय भएपनि पुस्तकहरुको अभावले पुस्तक पढ्ने सँस्कृतिमा कमी आएको बताउनुभयो।

त्यस्तै उक्त घुम्ती पुस्तकालयको सेवा महोत्तरीको बर्दिबासमा समेत दिइएको छ । लियो क्लब अफ बर्दिबास समाजको समन्वयमा बर्दिबास-२ स्थित श्री जनता माध्यमिक विद्यालय र निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दिबास -११ खयरमारा मा समेत घुम्ती पुस्तकालयको सेवा प्रदान गरिएको हो ।
“पुस्तक अध्ययन, शैक्षिक खेल , सिर्जनात्मक सिकाई तथा जिवन उपयोगी सिप विकासका गतिविधिहरु सञ्चालन गर्न र
विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले यो कार्यक्रम ल्याइएको लियो क्लब अफ बर्दिबास समाजका अध्यक्ष आशा साहले बताइन् । उनका अनुसार “यस कार्यक्रमले विधार्थीहरुमा सिर्जनशील सोचको विकास ,नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
लियो क्लब अफ बर्दिबास समाजकी अध्यक्ष आशा साहले ‘मिट यूएस बुक बस’ केवल पुस्तक बोकेको बस नभई ज्ञान र अवसर बोकेको चलायमान पुस्तकालय भएको बताइन्। उनका अनुसार बसमा विभिन्न विधाका पुस्तक, उपन्यास, सन्दर्भ सामग्री तथा शैक्षिक खेल राखिएका थिए, जसले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञानसँग जोड्ने अवसर प्रदान गरेको छ।
बर्दिबासमा भएको सो कार्यक्रममा सहभागी विद्यार्थीहरुले पुस्तक अध्ययनसँगै चेस, मास्टरमाइन्ड, वर्ड गेमलगायतका शैक्षिक खेलमा सहभागिता जनाएका थिए। नेतृत्व विकास, उद्यमशीलता, वित्तीय साक्षरता तथा सिर्जनात्मक सिकाइसम्बन्धी अन्तरक्रियात्मक सत्रले विद्यार्थीलाई नयाँ अनुभव दिलाएको आयोजकको भनाइ छ।






