बर्दिवास- महोत्तरीको बर्दिबासमा स्थानिय पत्रकारहरुका लागि जलवायु परिवर्तन सम्बन्धी जानकारि मुलक प्रशिक्षण आजदेखि शुरु भएको छ ।
महोत्तरीको स्थानीय पत्रकारहरुका लागि आयोजित जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानिय पहल (लिरिक) को आयोजनामा तिनदिने कार्यक्रमका प्रशिक्षकहरुले वातावरणिय प्रभावहरुका विविध पक्षकाबारेमा संचारकर्मिहरुको ध्यानआकर्षण गराएका थिए ।




सो कार्यक्रममा नेपाल वाताबरण पत्रकार समुहका महासचिव निमेश रेग्मीले वर्तमान अवस्थामा वातावरणिय प्रभाव र यसले परेको प्रभावका बारेमा संचारकर्मिहरुलाई बिस्तृत रुपमा जानकारि गराएका थिए ।
तिनदिन सम्म संचलन हुने यस तालिममा वातावरणिय सम्बन्धी विविध पक्षका बारेमा आयोजक संस्थाका विराट पन्थले बिभिन्न वातावरणिय शिर्षकमा जानकारि गराएका थिए ।
यहि बैशाख १० गत्ते सम्म सञ्चालन हुने यस तालिममा महोत्तरी र धनुषा जिल्लाका २० जना भन्दा बढि संचारकर्मिहरुको सहभागिता रहेको छ।




