
चैत्त ७ गतेदेखि सुरु भएको एसईई परीक्षाको दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको छ । मधेश प्रदेशको सप्तरी जिल्लाको एक परीक्षा केन्द्रबाट अनिवार्य नेपाली बिषयको प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र अहिले समाजिक सँजालमा छ्यापछ्याप्पी छ ।
विहिबार प्रथम दिन अँग्रेजी विषयको प्रश्नपत्र परीक्षाको २० मिनेटमै आउट भएको थियो । सो क्रममा सप्तरीको विभिन्न केन्द्रबाट नीरिक्षक तथा केन्द्राध्यक्ष कारवाहीमा परेका थिए ।
धनुषाको टिल्ही माविबाट समेत अँग्रेजी विषयको प्रश्न पत्र आउट भएको थियो । आज नेपाली विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको हो ।