महोत्तरी- बर्दिवास हेल्प फाउन्डेसन विपन्न छात्र-छात्राहरुको जाडोको सहारा वनेको छ ।
५ विद्यालयमा अध्ययनरत झण्डै १२५ विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेर सहारा बनेको हो ।
जाडोको कारण कोही विद्यार्थीहरु विद्यालय जानवाट बिमुख नहुन भन्ने उद्देश्यले नगर क्षेत्रका यस्तै गरिव र विपन्न छात्र-छात्राहरुलाई बर्षेनी फाउन्डेसनले सहयोग गर्दै आएको छ ।
यो बर्ष जन जागृती आधारभुत विद्यालय बुद्ध चौक ,श्री माध्यमिक विद्यालय हातिलेट, श्री जन जगृती मा. वि. पाटु, श्री राष्ट्रिय आधारभूत विद्यालय किशाननगर र श्री माध्यमिक विद्यालय कामिडाडामा अध्यनरत विद्यार्थीहरुलाई वितरण गरिएको हेल्प फाउन्डेसनले जनाएको छ ।
जनही १२ सयका दरले १२५ जनालाई १ लाख १५ हजार बराबरको न्यानो कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष हिरा गौतमले जानकारी दिए ।
२०४९ सालमा एसएलसी दिएका सपाठीहरुले सामाजिक सेवा गर्ने उदेश्यले स्थापना गरिएको फाउन्डेसन नगर क्षेत्रमा लोकप्रिय बन्दै गएको छ ।
शिक्षा क्षेत्रमा सुधार भएमात्र सामाजिक परिवर्तन हुन सक्ने बिषयलाई मध्यनजर गर्दै स्थापना भएदेखी नगर क्षेत्रको शैक्षिक विकासमा फाउन्डेसनले ध्यान दिइरहेको फाउन्डेसनका कोषाध्यक्ष सुमित्रा भट्टराईले वताईन् ।