जनकपुरधाम । सामाजिक सञ्जालको चमकधमक र त्यसको पर्दापछाडि महिलाहरूले भोगिरहेको पीडाको तीतो यथार्थलाई कथावस्तु बनाइएको मैथिली चलचित्र *‘मायाजाल : द डिजिटल ट्र्याप’*को छायांकन सम्पन्न भएसँगै रिलिजको तयारी तीव्र पारिएको छ।
चलचित्रको रिलिज, आगामी योजना तथा अन्य विषयमा जानकारी गराउन निर्माण पक्षले कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ। छिट्टै कार्यक्रम आयोजना हुने तयारी भइरहेको स्रोतले जनाएको छ।



*कम्ली (कमलेश सिंह)को लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा शर्मिला थापा निर्माता रहेकी छन्। चलचित्र **उडान स्टुडियो प्रा.लि.*को प्रस्तुतिमा निर्माण भएको हो।
डिजिटल संसारको आकर्षणसँगै त्यसको पर्दापछाडि हुने विकृति, जोखिम र सामाजिक यथार्थलाई चलचित्रले प्रस्तुत गरेको छ। चलचित्रले दर्शकहरूलाई सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।
निर्माता शर्मिला थापा विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय भई उदाहरणीय कार्य गर्दै आएकी छन्।
चलचित्र *‘मायाजाल : द डिजिटल ट्र्याप’*लाई उडान स्टुडियो (Udaan Entertainment Official) को आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ।




