महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१० निवासी १६ वर्षीय लब यादवको गणेश भगवानको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर मृत्यु भएको छ ।
स्थानीय इन्दल यादवका छोरा लबको शुक्रबार गणेशको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो ।
घटनाको थप विवरण तथा मृत्युको कारणबारे सम्बन्धित निकायबाट विस्तृत जानकारी आउन बाँकी रहेको छ ।







