महेन्द्रनग (धनुषा) । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगर कार्यसमितिको सभापतिमा राम पुकार महतो सर्वसम्मत चयन हुनुभएको छ ।
नगर कार्यसमिति गठनका लागि भएको छलफलबाट महतोलाई सभापतिमा सर्वसम्मत चयन गरिएको हो ।



नगर कार्यसमितिको सभापतिसहित अधिकांश पदाधिकारी तथा सदस्य पनि सर्वसम्मत चयन भएका छन् । चयन भएको समितिमा पुरुष उपसभापति पदमा अजयकुमार साह, नगर उपसभापति (महिला) मा टीका कार्की, सचिवमा सुनिल कुमार यादव र सहसचिवमा खगेन्द्र प्रसाद पहाडी चयन हुनुभएको छ ।

महिला सदस्यतर्फ वडा नं. १ देखि १० सम्म क्रमशः रिणा देवी भण्डारी, तुला देवी मुसहर, शिवसती देवी सदा, बिनिता देवी मण्डल, लक्ष्मी काफ्ले, आरती देवी पासवान, मन्जु देवी महरा, शान्ति देवी, ललिता देवी महतो चयन हुनुभएको छ ।
खुला सदस्य तर्फ वडा नं. १ देखि १० सम्म क्रमशः सुजित कुमार यादव, नरेश यादव, बुधेश्वर यादव, दसैं यादव, उमेश महतो, सुदामा देवी ठाकुर दनुवार, सुरिन्दर ठाकुर हजाम, सूर्य नारायण सिंह, विनोद प्रसाद साह र अली हुसेन चयन हुनुभएको जनाइएको छ ।
युवा खुला सदस्यमा राहुल कुमार साह, रंजित यादव र पुनिता कुमारी यादव, महिला दलित सदस्यमा दौलतिया देवी महरा तथा दलित खुला सदस्यमा जोगिन्द्र दास तत्मा चयन हुनुभएको छ ।
सभापतिमा सर्वसम्मत चयन भएपछि रामपुकार महतोले आफूलाई जिम्मेवारी दिएकोमा पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै सबै पक्षलाई समेटेर नगर संगठनलाई वडा तथा टोल तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीभित्र एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उहाँले बताउनुभयो ।
अधिवेशनका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता धनुषा जिल्ला सभापति योगेन्द्र पजियारले पार्टी संगठनलाई वडा तहदेखि नै व्यवस्थित र सक्रिय बनाउनुपर्ने बताउनुभयो । नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्य कायम गर्दै संगठनलाई जनतासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।





