जीवनराज दाहाल,बर्दिबास – रोटरी क्लब अफ बर्दिबासको आयोजनामा उच्च माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै ‘करियर खोज तथा मार्गदर्शन कार्यक्रम’ आयोजना हुने भएको छ ।
कार्यक्रम बर्दिबास नगरपालिका–१ स्थित देउराली उच्च माध्यमिक विद्यालयमा आगामी असोज १८ गते आइतबार सञ्चालन हुनेछ ।



कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी फ्याकल्टी तथा विज्ञहरूले विद्यार्थीलाई उच्च शिक्षा, करियर छनोट तथा भविष्यको मार्गनिर्देशनबारे जानकारी दिने आयोजकले जनाएको छ ।
विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार उपयुक्त करियर छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले बर्दिबास क्षेत्रका उच्च माध्यमिक तहका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।




