अजय मिश्र
कृष्णानगर । कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र छठका अवसरमा घर फर्कने नेपालीहरूको सहायता र सहजता सुनिश्चित गर्न यो कक्ष खोलिएको हो।



इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले नागरिक सहायता कक्षको उद्देश्य नेपाल भित्रिने नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु रहेको बताए। यस कक्षले चाडपर्व मनाउन घर फर्किरहेका नेपालीलाई सुरक्षित र सहज यात्राको वातावरण प्रदान गर्नेछ।

साथै, इलाका प्रहरी कार्यालय कृष्णनगरले चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउदै टोली
परिचालन गरिने जानकारी दिएको छ। यी प्रहरीहरू चाडपर्वका बेला सुरक्षा सुनिश्चित गर्न निरन्तर सक्रिय रहनेछन्।
यो नागरिक सहायता कक्षले कृष्णनगर भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकहरूको सहायता तथा चाडपर्वको बेला सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसाथ अघि बढाएको छ।





