सुजाता राई
विराटनगर । काव्य उद्यान नेपालको दोस्रो मासिक साहित्यिक शृङ्खला २०८३ साल कार्तिक १५ गते आइतबार विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।



काव्य उद्यान नेपाल विराटनगरका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा तथा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि महाकाव्यकार उमानाथ घिमिरे ‘ सागर, नारी स्रष्टा समाजको अध्यक्ष ममता मृदुल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल तथा अतिथिमा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको अध्यक्ष मन्जु घिमिरे दाहाल, तालतलैया कला केन्द्रका अध्यक्ष सुधीर केसी, नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको पूर्व अध्यक्ष तथा पत्रकार सविना श्रेष्ठ,प्रा.डा.हरिहर भण्डारी रहेका थिए।

उक्त कार्यक्रममा छन्द कविताका विमर्शक महाकाव्यकार उमानाथ घिमिरे सागर र विराट साहित्य संगमको अध्यक्ष मधु पोखरेललाई सम्मानपूर्वक मानार्थ सदस्यता तथा पूर्णिमा सहनीलाई आजीवन सदस्यता प्रदान गरिएको थियो। संस्थाका सचिव केशव रिजालले सदस्यता प्रमाणपत्र वाचन गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित स्रष्टाहरूले आफ्ना कविता, मुक्तक, गजल तथा लघुकथा प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई सिर्जनामय बनाउनुभएका थियो। संस्थाका कोषाध्यक्ष अंशु कुमार गुप्ताले भोजपुरी भाषामा कविता वाचन गर्दै भाषिक विविधता र मातृभाषाको महत्त्व उजागर गर्नुभएको थियो। विभिन्न भाषा, शैली र विधामा प्रस्तुत रचनाहरूले कार्यक्रमलाई थप रोचक र उपलब्धिमूलक बनाएका थिए।
कार्यक्रममा अम्बिका खरेल उप्रेती, तारा श्रेष्ठ, ऋषि तिवारी, हरिलाल चौधरी, शरद प्रधानाङ्ग, केशव रिजाल, सुशीला प्रसाईं दङ्गाल, सविना श्रेष्ठ, जयन्त प्रधानाङ्ग, अंशु गुप्ता, गोपाल निर्भिक, निर्मला नेपाल, अर्जुन नेपाल, हेमसागर पोखरेल, हरि कट्टेल, पूर्णिमा सहनी , सूर्य खत्री, सृजना प्रसाइ,गोमा घिमिरे दाहाल,एल.पि पराजुली,कुमार श्रेष्ठ,नानुमैया दाहाल, सुधीर केसी,चन्द्रकान्त भट्टराई,स्वयम्भू नाथ कार्कीले रचना वाचन गर्नु भएको थियो। सल्लाहकार भवानी प्रसाद पोखरेल, उमानाथ भट्टराई अचल,शैलेन घिमिरे,तारा श्रेष्ठ,नरीन सुब्बा,कला कट्टेल, देवेन्द्र प्रधान, पूजा बहारले असल स्रोताको रुपमा उपस्थिति जनाउनु भयो।
कार्यक्रमको सञ्चालन सुशीला प्रसाईं दङ्गालले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष ऋषि तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो। सल्लाहकार कुमार श्रेष्ठले सहभागीहरूको उपस्थिति व्यवस्थापन गर्नुभएको थियो भने सदस्य तारा श्रेष्ठले खादा पहिर्याएर अतिथि सत्कार,अंशु कुमार गुप्ता र हरिलाल चौधरीले कार्यक्रमको फोटोग्राफी गर्नुभएको थियो।




