काठमाडौँ – नेपाल सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी सूचनाअनुसार कात्तिक २९ गते आइतबार छठ पर्वको मुख्य दिनका लागि यसअघि नै सार्वजनिक बिदा घोषणा गरिएकोमा व्रत समापन हुने दिन कात्तिक ३० गते सोमबारसमेत बिदा दिने निर्णय गरिएको हो।



छठ पर्वमा व्रतालुले षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
सरकारको यस निर्णयसँगै छठ पर्वका अवसरमा देशभर आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ।





