वर्दिबास- महोत्तरीको वर्दिबासमा १२८ औ सानिमा बैंकको शाखा विस्तार भएको छ ।
आज वर्दिबासमा नगरप्रमुख बिदुर कार्कीले रिवन काटेर औपचारिकरुपमा उक्त शाखाको उदघाटन गरेका हुन् ।



ब्यापारिक केन्द्र र सवैतिरको मध्यबिन्दु भएको कारणले बर्दिबासमा नै सानिमा बैंकको शाखा विस्तार गरिएको साखा प्रबन्धक किरण खतिवडाले वताए ।
बैंकले महिलाहरुको लागी लकर सुविधा देखी सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सेवालाइ सहज बनाउन विभिन्न योजना बनाई रहेको पनि खतिवडाले जानकारी दिए ।
बर्दिबास नगरपालिकामा अहिले आधा दर्जन लघुबित्त, एकदर्जन बैंक र झण्डै दुई दर्जन सहकारी संस्थाहरुले सेवा प्रदान गर्दै आएका छन् ।




