ढल्केवर (धनुषा)- जनमत पार्टीका कार्यकताले धनुषाको ढल्केवरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
पालिकाको सदरमूकाममा मसाल जुलुस प्रदर्शन गर्ने पार्टीको निर्धारित कार्यक्रमअनुसार बुधबार साँझ ढल्केवरमा जनमतका कार्यकताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।



ढल्केवरस्थित खानेपानी कार्यालय अगाडिबाट निकालिएका मसाल जुलुसका सहभागिहरुले किसान आन्दोलन सफल पारौं, किसानको माग पुरा गर र किसान एकता जिन्दावाद जस्ता नारा लगाएका थिए ।
जनमत पार्टीका मिथिला नगरपालिकाका अध्यक्ष रामसरोज महतोको नेतृत्वमा मसाल जुलुस प्रदर्शन भएको थियो । मसाल जुलुस प्रदर्शन गर्दै मुख्य चौकतिर अगाडि बढेका कार्यकर्तालाई शसस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले मसाल नियन्त्रणमा लिएर निभाएका थिए ।
विगत डेढ महिनादेखि किसानको समस्यालाई लिएर आन्दोलन गर्दै आएका जनमत पार्टीले बिहिबारदेखि पूर्वपश्चिम लोकमार्ग बन्द गर्ने घोषणा गरेको छ ।




